विद्या भण्डारीका कारण ओली र प्रचण्डबीच टकराव, मन्त्रिपरिषद तनावग्रस्त

काठमाडौं, २७ चैत ।

नेपाल प्रहरीको आइजीपी नियुक्ती प्रकरणमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चर्काे विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यही विषयलाई लिएर टकरावको स्थिती सिर्जना भएको हो। प्रचण्ड र ओलीबीच टकराव हुनुको कारण हो राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब । राष्ट्रपति भण्डारीले आफ्ना भाई नाता पर्ने (फूपूका छोरा) पुष्कर कार्कीलाई आइजीपी बनाउन दबाब दिएकी छन्।

जसका कारण ओली र प्रचण्डबीच विवाद भएको हो। वाम गठबन्धन हुँदै पार्टी एकताको अन्तिम तयारी रहेका एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच यसअघि नै एक नम्बर वरियतामा रहेका डिआईजी सर्वेन्द्र खनाललाई २६ औं आइजीपी बनाउने समझदारी भएको थियो। प्रधानमन्त्री केपी ओलीले आईजी नियुक्ति विवादित नबनाउने र विधिसंगत ढंगबाट खनाललाई नै बनाउने भनी समझदारी माओवादी नेतृत्वसँग गरेका थिए।

त्यसैअनुसार गृहमन्त्रालयको कमाण्ड सम्हालिरहेको माओवादी केन्द्रले सर्वेन्द्र खनाललाई आईजी बनाउने भन्दै गहृमन्त्री रामबहादुर थापा बादललाई निर्देशन दियो। एमाले पनि सहमत भएको र आफ्नो पार्टीको नेतृत्वबाट निर्देशन आएपछि गृहमन्त्री थापाले सर्वेन्द्र खनाललाई तयार रहन निर्देशन दिए र आज बसेको मन्त्रिपरिषद बैठकमा खनालको नाम सिफारिस गरे। पूर्वसहमतिअनुसार सिफारिस गरेको नाममा प्रधानमन्त्रीले नै असन्तुष्टि जनाएपछि गृहमन्त्री थापा आश्चर्यमा परे।

लगत्तै उनले आफ्ना पार्टीका अध्यक्षलाई फोन गरेर ओलीको असन्तुष्टि जानकारी गराए। प्रचण्डले खनालबाहेक अरु हुन नहुने अडान दोहोर्याउँदै आफ्ना मन्त्रीहरुलाई निर्देशन दिए। त्यसपछि मन्त्रिपरिषदमा प्रम र माओवादी मन्त्रीबीच आआफ्नो पक्षको उम्मेदवारबारे तर्क वितर्क हुँदा बैठक तनावग्रस्त बन्न पुग्यो। कुनै निष्कर्ष ननिस्कीएपछि ओलीले आफू प्रचण्डसँगै कुरा गर्ने भनेर बैठकलाई विषयान्तर गरे। बैठक सकिएपछि ओलीले प्रचण्ड गृहमन्त्री बादलसँग वार्ता गरिरहेका छन्।

एकाएक कसरी कार्कीको पक्षमा उभिए ओली ? 
भारत भ्रमणबाट फर्केका ओलीलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्कर कार्की आईजी हुनुपर्ने भन्दै दबाब दिएकी थिइन्। पुष्कर कार्की मेरो भाई पनि हो। जसरी मिलाउनुहुन्छ मिलाउनुस्, आईजी मेरो भाई नै हुनुपर्छ भन्दै भण्डारीले ओलीलाई दबाब दिएकी थिइन्। राष्ट्रपतिको दबाबपछि ओली खनाल छाडेर कार्कीको पक्षमा उभिएको सुत्रहरु बताउँछन्। यद्यपी माओवादीले खनालको पक्षमा अडान थापे कार्की आईजी बन्ने छैन्। खनाल र कार्कीमध्ये आईजी को बन्छ त्यो हेर्न बाँकी नै छ।

नेपालपनाबाट लिइएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker