कालीगण्डकी नदीमा दुई बालक बेपत्ता

पाल्पा, २७ चैत 

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि उनीहरु बेपत्ता भएका हुन् ।

कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए । साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो ।

प्रहरीले मंगलबार बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker