प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई भारतीय मिडियाले के भनेर लेखे ?

काठमाडौं, २५ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यसपालीको भारत भ्रमणलाई भारतीय मिडियाले महत्वका साथ हेरेका छन् । ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिवार भएको भेटवार्तालाई आइृतबार प्रकाशित भारतिय पत्रपत्रिका अनलाईन, टेलिभिजन सबै भारतीय मिडियाले ट्रेन
महत्व दिएर समाचार प्रकाशित÷प्रशारित गरेका छन् ।

त्यहाँका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमै छापेर ‘दिल्ली और काठमाडौं के बीच दौडेगे ट्रेन’ जस्ता शिर्षकलाई प्रमुख प्राथमिकता दिएर छापेका छन् ।

समाचारहरुमा नेपाल भारत सम्बन्धमा सुधार आएको तथा नेपालको आर्थिक विकास र समृद्धिको अभियानमा भारतीय सहयोग रहने कुरा उल्लेख गरिएको छ ।

भारतीय टेलिभिजनहरुले पनि ओलीको भ्रमणको समाचारलाई महत्वका साथ प्रशारित गरेका छन् । तीन दिने भारत भ्रमणमा रहेका ओली आज साँझ स्वदेश फर्किंदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker