प्रहरी र विप्लवका कार्यकर्ताबीच झडप

कैलाली, २४ चैत ।

धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ। जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर घाइते हुनेगरी कुटपिट गरेको आरोप लगाएको छ भने यता प्रहरीले भने प्रशासनको अनुमतिबिना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेकाले रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ।

झडपमा परेर आफ्ना १५ जना कार्यकर्ता घाइते बनेको नेकपाका एक जिल्ला नेताले बताए। झडपमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker