सलमान खान ४८ घण्टा पछि बेलुकी ६ः३० बजे रिहा हुदैँ

काठमाडौँ,२४ चैत ।

बलिउड अभिनेता सलमान खान आज बेलुका  रिहा हुने भएका छन् ।  कृष्णसार (कालो हरिण) मारेको आरोपमा दोषी ठहरिएका बलिउड अभिनेता सलमान खानलाई जोधपुरको एक अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जोधपुर जिल्ला अदालतका न्यायाधीश रविन्द्रकुमार जोशीले सलमान खानलाई धरौटीमा रिह गर्न आदेश दिएको र उनी बेलुकी रिहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

२० वर्षअघि फिल्म सुटिङका क्रममा जोधपुर पुगेका उनले कृष्णसारको शिकार गरेका थिए । कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई ५ वर्षको जेल सजाए तोकेका थिए । त्यसपछि सलामान खान थुनामा छन् ।  कृष्णसार मारेको आरोपमा सलमान खान यसअघि पनि जेलमा बसिसकेका थिए । फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले कृष्णसार शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker