नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली

नयाँदिल्ली,२४ चैत । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । ‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने पनि ओलीले बताएका छन् । उनले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छनु ।

तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक आर्थिक विकासको बाटोमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा भारतको सहयोग र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच उच्च राजनीतिक तहमा उच्च राजनीतिक सम्बन्ध विकास गर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker