संविधानका केही प्रावधान अस्पष्ट, मस्यौदा समिति नै अलमलमा

काठमाडौं ,२४ चैत ।

 संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ ।

फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको थियो ।

दुवै सभाले नियमावली टुंगो लगाइसकेको बताएका थिए ।

समाचारमा लेखिएको छ, केही विषयमा संविधानमा लेखिएका प्रावधान अस्पष्ट भएको भन्दै समितिले नियमावली टुंगो लगाउन सकेका छेनन् ।

राष्ट्रिसभा नियमावली मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले भने,

-हामीले संविधानमा भएका व्यवस्थालाई मान्नुपर्छ ।

-तर, त्यहीँ नै प्रष्ट नभएपछि के गर्ने अन्योल छ ।

-यसबारे अब अन्य विज्ञसँग पनि छलफल गर्ने पक्षमा छौँ ।

-प्रतिनिधिसभाको नियमावलीमा छुटेका बुँदालाई पनि हामी समेट्छौँ ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker