कागतीको सिसि अचार कसरी बनाउने तरिका हेर्नुहोस्

एजेन्सी,  अचार नेपाली खानामा पर्ने एक परिकार हो। अचार ताजा तथा गलौटा गरी विभिन्न वर्गमा विभाजित गर्न सकिन्छ। अचार प्रायः पिरो, अमिलो या तिखो स्वादको हुन्छ।

कहिलेकाही कोहाकोहीले यसलाई चटनी भन्ने पनि गरिएको पाइन्छ। अचारका केही परिकारहरु मध्ये चुकाउनी, मासुको अचार, आलुकेराउको अचार, आलुको अचार, सुन्तलाको केस्रा अचार, निबुवाको लेदो अचार,आपँको अचार, कागतीको अचार, मेठीको अचार र अन्य थुप्रैको हुन्छ।

तर आज हामी कागतीको सिसिको अचार सजिलैसँग घरैमा बनाउने तरिकाको विधि बताउदैछौँ। सुरु गरौँ कागतीको सिसि अचार बनाउन चाहिँने साम्रगीबाट

आवश्यक सामग्री
कागती १ केजी
तोरीको दाना १ चम्चा भुटेर पिसेको
मेठी १ चम्चा भुटेर पिसेको
मसिनो गरी काटेको अडुवा
तेल ३ चम्चा
कुटेका रातो खोर्सानी ५ चम्चो अथवा स्वाद अनुसार
नुन स्वाद अनुसार
हरियो खोर्सानी ३ ४ वटा
चिनि आधि कप
पानी ५० मिलि

बनाउने विधि
सुरुमा ग्याँस अन गरेर प्यान बसाल्ने। प्यान तातेसी त्यसमा काटेर राखेको कागती राख्ने र त्यसमा हामी नुन राख्ने र ५० मिलि जस्तो पानी हालेर मिडियम हिटमा त्यसलाई पकाउने। जब पानी उम्लिन थाल्छ त्यसलाई हामी छोपेर १० मिनट जति पकाउँछौँ।

१० मिनटपछि ब्रिको खोलेर एकचोटी चलाउने र त्यसपछि यसको रस बाहेक सबै कागती निकालेर एउटा भाँडोमा राख्ने र रस जति प्यान मै छोड्ने। अनि बाकीँ भएको रसमा चिनि राख्ने। त्यसैगरी कुटेको रातो खोर्सानी र मसिनो गरी काटेको अडुवा राख्ने अनि मज्जाले चलाउने।

अब यसलाई चलाउँदै १ मिनेटसम्म पकाउने अनि हिट अफ गर्ने। हिट अफगरिसकेपछि यसमा भुटेर पिसेर राखेको तोरी, मेठी पनि राख्ने र राम्रसँग चलाउने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker