धनुषामा बम विष्फोट हुँदा एक महिला घाइते

काठमाडौं, २२ चैत ।

धनुषाको धनुषा नगरपालिका ९ मा बम विष्फोट हुँदा एक महिला घाइते भएकी छिन् । हेमछिरिङ लामाको मसला बगैंचामा बिहिबार (आज) बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती तिर्थमाया लामा घाइते भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार घाइते ७४ वर्षीय लामाको छाती र हातमा चोट लागेको र उनको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विष्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker