खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङ, २२ चैत । 

मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् । पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker