लिबियाली हिंसामा पाँच मारिए

त्रिपोली, १९ चैत । 

लिबियामा मार्च महिनामा जारी हिंसाको क्रममा पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।

‘युएन सपोर्ट मिसन इन लिबिया (एएनएमआइएल)’ ले आइतबार सो जानकारी दिएको छ । एएनएमआइएलका अनुसार गत मार्च १ बाट ३१ सम्म ती व्यक्ति मारिएका तथा घाइते भएका हुन ।
गोलावारी, विस्फोटन, दोहोरो गोली हानाहानजस्ता घटनामा ती सर्वसाधारणको हताहत भएको एएनएमआइएलको भनाइ रहेको छ ।

लिबियामा सन् २०११ मा तानशाही नेता मोहमद गद्दाफीको पतनपछि अझै पनि हिंसा जारी रहेको बताइएको छ ।  रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker