सन् १९६५ को भारत–पाकिस्तान युद्धको बारेमा जान्नै पर्ने १० तथ्यहरु !

एजेन्सी, १९ चैत ।

सन् १९६५ मा भएको भारत–पाकिस्तान युद्धको सुरुवात पाकिस्तानी सेनाले गरको थियो । यो युद्ध पाकिस्तानी सेनाले काश्मिरको युद्धविराम रेखानजिक कभर्ट अप्रेशन सञ्चालन गरेपछि सुरुभएको थियो ।

पाकिस्तानले सबैभन्दा पहिले कुचको कन्जरकोट क्षेत्रमा आक्रमण गरेको थियो । यसैको फलस्वरुप पछि जम्मू काश्मिरका अन्य क्षेत्रहरुमा युद्ध हुन सुरु भयो । युएनले हस्तक्षेप गरेपछि मात्रै यो युद्ध साम्य भएको थियो ।

यस्ता छन् सन् १९६५ को भारत–पाकिस्तान युद्धका १० रोचकतथ्यहरु

१. यो युद्धलाई दोस्रो विश्वयुद्धपछिको एक डरलाग्दो तरिकाले लडिएको युद्धको रुपमा लिइन्छ । जुन भारतको पश्चिमी कुच क्षेत्रबाट सुरु भएर काश्मिर सम्म पुगेको थियो ।

२. यो युद्ध सन् १९६५ को जनवरीमा पाकिस्तानी सेनाले अपरेसन डेजर्टहकको नाममा कुचमा अपरेशन गरेपछि सुरु भएको थियो । पाकिस्तानी सेनाको रणनीति कुचमा भारतिय सेनालाई व्यस्त बनाएर त्यही मौकामा काश्मिरमा पाकिस्तानले आक्रमण गर्ने थियो ।

३. कुचको रण क्षेत्रको अपरेसन पछि करिब ३३ हजार पाकिस्तानी सेना काश्मिरको लाइनअफ कन्ट्रोल पार गरेर भारततर्फ छिरे जसलाई ‘अपरेशन जिब्राल्टर’ नाम दिइयो । तर, यो कुरा भारतिय रक्षा मन्त्रालयले एक हप्ता पछिमात्रै थाहा पायो ।

४.त्यसै वर्षको अगस्ट २८ मा भारतिय सेनाले आक्रमण सुरु गरेर पाकिस्तान भित्र आठ किलोमिटर छिरेर हाजीपिर पास कब्जा गर्यो । यो भारतिय सेनाको लागि महत्वपूर्ण विजय थियो ।

५. त्यसपछि पाकिस्तानी सेनाले पनि जम्मू कश्मिरको अखनुर क्षेत्रमा सेप्टेम्बर १ बाट अपरेशन ग्य्रान्डस्ल्याम सुरु गर्यो । यसको विचार भारतिय सेनाको सप्लाई लाइन काटेर अखनुरलाई आफ्नो कब्जामा लिने थियो । पाकिस्तानी सेनाले च्याम्ब र जुरियन क्षेत्रमा भारी गोलाबारी सुरु गरे ।

६. अखनुर क्षेत्रमा पाकिस्तानी आक्रमणपछि तत्कालिन भारतिय रक्षा मन्त्री एस. बि चौहानले भारतिय वायु सेनालाई युद्धमा सामेल गर्ने निर्णय गरे । भारतिय सेनाको ४५ औं स्क्वाडोनलाई पाकिस्तानी फोर्सलाई आक्रमण गर्न खटाइयो ।

७. भारतिय प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतिय सेनालाई पाकिस्तानमाथि आक्रमण गर्ने अनुमती दिए । यसपछि पहिलोपटक भारतिय सेनाले अन्तराष्ट्रिय सिमा नाघेर लाहोरमा आक्रमण गरेको थियो ।

८. पाकिस्तानी सेनाले पनि जवाफमा आफ्नो नयाँ प्याटोन ट्यांकले आक्रमण सुरु गर्यो । भारत–पाकिस्तानमा युद्धमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो ट्यांक लडाँई भयो । पाकिस्तानी सेना ९७ वटा नयाँ ट्यांकलिएर अमृतसर तर्फ अगाडि बढ्यो । त्यसपछि उनीहरुले खेम करण र मुन्ना बाओमा कब्जा जमाए । लडाँईमा धेरै उतार चढावपूर्ण कार्य भए र अन्तिममा भारत–पाकिस्तान युद्ध भारतको तर्फमा भयो जसले पाकिस्तानलाई आत्मसमर्पण गर्न बाध्य बनायो ।

९. भारतिय सेनाको हवल्दार अब्दुलहमिदले एक्लैले रिकन्सिलेस फिट गरिएको जिपमा बसेर ७ वटा प्याटोन ट्यांक ध्वस्त गरिदिए । यो लडाँई पछि प्याटोन नगर नामको शहरको निर्माण भयो । पाकिस्तानले धेरै प्याटोन ट्यांक जम्मा गरेको ठाँउ भारतिय सेनाले ध्वस्त गरेको थियो । यसपछि हमिदलाई भारत सबैभन्दा ठूलो पदक परमबिर चक्र प्रदान गरिएको थियो ।

१०. भारतिय सेनाले पाकिस्तानी ट्यांकहरु कब्जा गरेर निर्णायक युद्ध जितेपनि सेप्टेम्बर २२ मा दुवै पक्षले सयुंक्त राष्ट्रसंघको आह्वानमा युद्धविराम गर्ने सम्झौता गरे जसले यो युद्धको अन्त्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker