मासिक ४० हजारका लागि विदेश जानुपर्दैनः कृषक पोखरेल

बुटवल १९ चैत्र ।
तानसेन ७ बासँटारीका रामप्रसाद पोखरेलल व्यावसायिक भैँसी तथा गाईपालनबाट मासिक रु चालिस हजार आम्दानी गर्न सफल भएका छन् ।
उनले उन्नत जातका स्थानीय,मुर्रा भैँसी र गाईपालेर दैनिक १०० देखि ११० लिटरसम्म दूध बिक्री गर्छन् । पोखरेल करीव तीन महिना देखि भैँसी तथा गाई पालन व्यवसायमा छन् । उनले उत्पादन गरेको दूध स्थानीय प्रभास बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमूना बनेका छन् ।
५० लाख लगानिमा भैसी १५,७ गाई पालेका पोखरेलले तीन जनालाई रोजगारि दिएका छन् । गाई भैसीबाट उत्पादन गरेको दुध ४० प्रतिशत घरबाटै र ६० प्रतिशत स्थानिय नवयुग कृषि सहकारी संस्थाबाट खपत हुने पोखरेलले बताए ।
धेरै युवाहरु विदेशको मोहमा लागेका छन्ं,गाउँमा भँैसीको गोबार फाल्न लाज मान्ने गर्दछन् तर त्यो विदेशको पैसा नेपालमा छ भन्ने बुझेका छैनन्,पोखरेल भने । आज भोली गाउँमा काम गर्न खोज्दा कामदार पाउन छाडे,त्यसैले तराईका दुई जना र भारतबाट एक जना कामदार राखेको छु पोखरेलले भने ।
कृषिमा नै रम्दै आएका पोखरेल सामाजिक काममा पनि राम्रो दखेल रहेको छ । सेवाविकास बैँक तानसेन,लुम्बिनी मेडिकल कलेज तानसेन,स्थानिय विद्यालयको व्यवस्थापन समिति अध्यक्ष,सहकारी लगाएतका सामाजिक संघ संस्थामा क्रियाशिल हुनु हुन्छ । मासिक ४० हजार कमाउन युवा विदेशमा लाग्नु पर्ने आवश्यक नपरेको पोखरेल बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker