काठमाडौं, १८ चैत ।
नयाँ वर्ष २०७५सालमा हुने बिदाहरु गृह मन्त्रालयले सार्वजनिक गरेको छ । विदा कटौती सँगै गृहका अनुसार गतवर्ष भन्दा आगमी वर्ष करिब एक महिना बढी समय कार्यालयहरु खुल्ने छ ।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको थियो। गृह मन्त्रालयका अनुसार दशैंको बिदा ३ दिन कटौती भएको छ। आगामी वर्ष दशैंमा असोज ३० देखि कात्तिक ३ सम्म मात्र बिदा हुनेछ।
तिहारमा कात्तिक २१, २२ र २३ गते बिदा हुने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।
यस्तै तीन वटा दिवसमा मात्र सबैलाई बिदा हुनेछ। बैशाख १८ गतेको विश्व मजदुर दिवस, असोज ३ गतेको संविधान दिवस र फाल्गुन २४ गतेको अन्तर्राष्ट्रिय महिला दिवसमा मात्र सबैलाई बिदा हुनेछ। जन्म जयन्ती अन्तर्गत बुद्ध जयन्ती (बैशाख १७ गते) मात्र सबैलाई बिदा दिइएको छ।
यस्तै सरकारले जातजाति विशेषले मनाउने चाडपर्वमा सम्बन्धित जातिलाई मात्र बिदा दिने निर्णय गरेको छ ।