​चिनिया अन्तरिक्ष यान भोलिसम्म पृथ्वीमा बज्रिनेः नेपाल पनि उच्च खतरामा

काठमान्डौ‌, १८ चैत ।

आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरीक्ष यानको अवशेष नेपालमा समेत बज्रिन सक्ने खतरा रहेको छ । द यूरोपियन स्पेश एजेन्सीका अनुसार भूमध्यरेखादेखि ४३ डिग्री उत्तर र ४३ डिग्री दक्षिणको बीचमा कुनै पनि ठाउँमा सो अन्तरिक्ष यान बज्रिन सक्ने छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यसका अनुसार दि तियाङ्गोङ १ अन्तरीक्ष यानको अवशेष नेपालमा पनि बज्रिन सक्ने क्षेत्रमा नेपाल पनि परेको छ । यो यान सोमबारसम्म पृथ्वीको सम्पर्कमा आईसक्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।

सन् २०११ मा अन्तरीक्षमा पठाइएको ‘दि तियांगोङ–१’ नामको उक्त यान पृथ्वीको कुन भागमा खस्छ भन्ने एकिन भने भैसकेको छैन । तर, विश्वका ३८ वटा शहरहरु खतरामा रहेको बताइएको छ ।

मिशन पुसा भए पनि अन्तरीक्षयानका अवशेष वायुमण्डलमै नष्ट हुने भए पनि केहीको अवशेष भने पृथ्वीमै खस्ने गर्छ । पाँच वर्षे मिशन पुरा गरेको दि तियांगोङ–१ को पनि एउटा बसबराबरको हिस्सा बाँकी रहेको र पृथ्वीमा खस्ने वैज्ञानिकहरुले बताएका छन् ।

त्यसो त अन्तरीक्षमा पठाइएका यान सम्बन्धित बैज्ञानिकहरुको नियन्त्रणमै रहन्छन् । तर, यो यान भने सम्पर्क बिच्छेद भएका कारण नियन्त्रणमा ल्याउन नसकिएको चिनियाँ बैज्ञानिकहरुको भनाई छ ।

चीनले धेरै जानकारी नदिएका कारण यो यानको कुन हिस्सा नष्ट हुन नसकेर धर्तीमा खस्न लागेको हो भन्ने यकिन गर्न कठिन भएको पश्चिमा मुलुकका वैज्ञानिकहरु बताउँछन् ।

विश्वका ३८ सहर यो यान खस्न सक्ने जोखिममा छन् । तीमध्ये १४ सहर अमेरिकाका छन् । त्यस्तै स्पेन, चीन, भारत, मोनाको, फ्रान्स, इटली, न्यूजिल्याण्ड, टर्की, जापान, क्यानाडा, रुस र अर्जेन्टिना सहर पनि जोखिममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker