प्रधानमन्त्री केपी ओली भारतबाट फर्केपछि मात्रै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने

काठमाडौँ, १८ चैत  ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने मिति पछि सर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले चैत २३ गतेदेखि भारतको राजकीय भ्रमण गर्ने भएपछि संघीय फोरमको सत्ता यात्रा पछि धकेलिएको हो । संघीय फोरम सरकारमा सहभागी हुने निश्चित भए पनि सरकारसँग राजनीतिक सहमतिमा हस्ताक्षर हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको छैन ।

संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेको भए पनि हस्ताक्षर नहुँदा फोरमको सत्ता यात्रा रोकिएको थियो । सहमतिपत्रमा प्रधानमन्त्री ओली भारतबाट फर्केपछि मात्र हस्ताक्षर हुने भएको छ ।

त्यसपछि मात्र फोरम सरकारमा सहभागी हुनेछ । दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेकाले उहाँ फर्केपछि मात्र हस्ताक्षर हुने र पार्टी सरकारमा सहभागी हुने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । यो सँगै प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker